22.3 C
Janakpur Dham
Thursday, October 28, 2021

त्रियुगा नगरपालिका वडा नम्वर ५ दमौटी अझै बिकटमैः वडा सदस्य मगर

डिएन चौधरी,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ५ दमौटी गाउँ अझै विकटमै रहेको छ । त्रियुगा नगरपालिका गाईघाट सदरमुकाम देखी चुरे जंगल कटेर जानु पर्ने गाउँमा सडकको ट्रयाक पुगे पनी हिउदमा धुल्लाम्य र बर्षामा वाटो अवरुद्ध हुने समस्या कायमै छ ।

त्रियुगा नगरपालिका ४ सालघारी वगहा हुदै जाने जंगलको वाटो अफठ्याका कारण दुर्घटना हुने जोखिम पनी उत्तिकै छ । वर्षायाममा छिमेकि जिल्ला सप्तरीको करहरवा हुदै वडा कार्यलय देउरी आउनुपेर्ने त्याहाँको नागरिकहरुको बाध्यता रहेको छ ।

रेडियो उदयपुरको बहसमुलक कार्यक्रम चर्चापरिचर्चामा कुराकानी गर्दै वडा सदस्य कुवेर कुमार ग्रङ्गजा मगरले नेपाल टेलिकम वाहेर अरु संचारको क्षेत्रको पहुच अझै नरहेको बताउनुभयो ।

उहाँले सिरहा ,सप्तरीको देखीको खुल्ला नाका जंगलको वाटोवाट अवैध लागुपदार्थ दुव्र्यसनी,चोरी निकासीको जोखिम उच्च रहेको बताउनुभयो । उहाँले सम्वन्धित निकाय जिल्ला प्रशासन कार्यलय,जिल्ला प्रहरी कार्यलय र नगरपालिकामा चेकिङ पोस्ट र अस्थाई प्रहरी पोस्टको स्थापनाको लागी छलफल गरे पनी सम्वन्धित निकायले चासो नदेखाएको बताउनुभयो ।

उहाँले वडा कार्यलयको तर्फवाट १० लाख छुट्याएर भवन निमार्ण र जग्गा उप्लव्ध गराउन तयार रहे पनी सुरक्षा निकायले चासो नदेखाएको गुनासो गर्नुभयो । यस्तै उहाँले शिक्षाको क्षेत्रमा पनी समस्या रहेको वताउनुभयो ।कक्षा १२ सम्म विद्यालय संचालन गर्न नसक्दा विद्यार्थीहरु घरभाडा लिएर वाहिर अध्ययन गर्न जानुपर्ने समस्या र विचमै पढाई छोड्नु पर्ने बाध्यता रहेको उँहाले बताउनुभयो ।

जनचेतना अभाव र सचेतनामुलक कार्यक्रमहरु संचलन नहुदा वाल विवाह न्युनिकरणमा समेत चुनौती रहेको बताउनुभएको छ ।

सिफारिस

ताजा खबर